संविधान दिवसमा को–को व्यवसायी भए विभूषित ?
नेपाल सरकारले संविधान दिवसको दिन १६ व्यवसायीलाई विभिन्न पदकबाट विभूषित गरेको छ । सरकारले नेपालको उद्योग व्यवसायमा योगदान दिएका उद्योगी व्यवसायीलाई आज विभूषित गरेको हो । सरकारले स्वर्गीय उद्योगी/व्यवसायी प्रभाकर शमशेर जबरालाई प्रसिद्ध प्रबल जनसेनानीबाट विभूषित गरेको छ । यस्तै, व्यवसायी चन्द्र ढकाल र उद्योगी पशुपति मुरारकालाई सुर्कीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित गरेको छ ।
यसका साथै, व्यवसायीहरू कुशकुमार जोशी, कुशुम लामा, शशिधर शर्मा, अरुणकुमार केसी, जगदीशप्रसाद अग्रवाल र राजेशकुमार अग्रवाल सुप्रबल जनसेवाश्री पदबाट विभूषित भएका छन् । यस्तै, पर्यटन व्यवसायीहरू राम थापा र रामबहादुर कोइरी समेत यही पदकबाट विभूषित भएका छन् । मुरलीधर रंगटा, श्रेणिगोपाल मुन्दडा, मेरियादेल पिलार, जोसे म्यानुयल भिलानोभा र होटल व्यवसायी सृजना राणा समेत यही पदकबाट विभूषित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
