लुम्बिनी प्रदेशमा ६१ जनालाई विभिन्न पदक
-भुवन कार्की
संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट योगदान पु¥याउने प्रदेशका ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । लुम्बिनी प्रदेश सरकारद्वारा सोमबार बुटवलमा आयोजित संविधान दिवस २०७९ कार्यक्रममा विभूषित हुनेहरूको नामावली घोषणा गरिएको हो ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाइते पाल्पाका जीतबहादुर थापालाई प्रदेश प्रमुख तृतीय जनसेवा पदक प्रदान गर्ने घोषणा गरिएको छ ।
त्यस्तै, बाँकेका डा. मोहिउद्दिन किदवाई र चितवनका डा.राजन पाण्डेलाई मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय प्रदान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा.विकास देवकोटालाई प्रदेश सेवा समर्पण पदक प्रथम प्रदान गरिएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सेवा समर्पण पदक द्वितीय ९ जनालाई, प्रदेश सेवा समर्पण पदक तृतीय एक जनालाई, उजिरसिंह दीप पदक द्वितीय ४ जनालाई र उजिरसिंह दीप पदक तृतीय चार जनालाई प्रदान गरेको छ ।
समाजसेवा श्री पदक द्वितीयबाट ६ जना र समाजसेवा श्री पदक तृतीयबाट एक जनालाई विभूषित गरेको छ । प्रदेश रत्न पदक प्रथम दुई जनालाई, प्रदेश रत्न पदक द्वितीय १२ जनालाई, प्रदेश रत्न पदक तृतीय ६ जनालाई प्रदान गरिएको छ ।
मन्त्री शर्माका अनुसार प्रजापति गौतम पदक द्वितीय र तृतीयबाट एक/एक जना, दंगिशरण बलिहाङ पदक द्वितीयबाट एक जना तथा दंगिशरण बलिहाङ पदक तृतीयबाट ४ जना गरी ६१ जनालाई विभूषित गर्ने गरी नाम घोषणा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण