बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु
सोमबार, ०३ असोज २०७९, १७ : ४५
बारबर्दिया नगरपालिका–८ दुधा बस्ने ३३ वर्षीय सनिराम थारुको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । आफ्नै घरमा मन्दिर बनाउने क्रममा विद्युतको तारबाट करेन्ट लागेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी, बर्दियाको गुलरिया नगरपालिका–९ मथुरा बस्ने इस्तियाक धोबीकी छोरी ९ वर्षीया खुस्बु धोबीको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । आफ्नै घरमा खेल्ने क्रममा करेन्ट लागेर अशक्त भएकी उनको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण