पेट्रोलियम डिलर्स एसोसिएसनकाे अधिवेशनमा ढिलाइ
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवलका पदाधिकारीहरूले व्यावसायिक समस्या उठाउनुको साटो आफ्नो कार्यकाल लम्ब्याउँदै विभिन्न ठाउँमा घुम्रे गरेको आरोप लागेको छ ।
आठौँ अधिवेशनबाट प्रेम न्यौपानेको नेतृत्वको समितिले २०७७ भदैसम्म अधिवेशन गर्नुपर्ने भए पनि विभिन्न बहाना देखाउँदै अधिवेशन सार्दै साधारण पम्प व्यवसायीहरूले तिरको रकमबाट पदाधिकारीहरू घुम्ने काम गरेको आरोप लागेको हाे । एसोसिएसनको विधानमा प्रत्येक ३ वर्षमा अधिवेशन गर्नुपर्ने उल्लेख छ । व्यवसायी सदस्यहरूका समस्या ध्यान नदिइन पदाधिकारी विभिन्न जिल्लामा घुम्रे गरेको गुनासो पम्प व्यवसायीहरुले गरेका छन् ।
बुटवलमा प्रधान कार्यालयमा संस्थाको ३ सय १२ सदस्य रहेका छन् । ८ औ अधिवेशनबाट आएका पदाधिकारीहरूले व्यवसायी समस्याहरू ध्यान नदिएर विभिन्न ठाउँमा संस्थाको खर्चमा मोज मस्ती गरेको पूर्व अध्यक्ष राजेन्द्र गुप्ताले बताए ।
उनले भने -'पदाधिकारीहरू कहिले स्याङ्जाको सिरु वारी,अर्घाखाँचीको नरपानी ,कहिले कपिलवस्तुको जगदीशपुर,रारा ताल जस्ता ठाउँमा घुम्न भएका छन् । तर यहाँ व्यवसायीहरूको एक ट्याङ्करमा २ सय लिटरसम्म तेल कम आएको छ,अन्य समस्याहरू विषयमा आवाज उठाउने काम गरेका छैन ।'
उनले साधारण सदस्यहरूले उठाएको पैसामा मोज गर्न नमिल्ने र छिटै साधारण सभा गर्नुपर्ने माग राखे । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन अधिवेशनको लागि पटक पटक आग्रह गर्दा समेत सुनुवाइ नभएको व्यवसायी अशोक गुरुङले बताए । उनले संस्थालाई लोकतान्त्रिक विधिबाट रोक्ने प्रयास अहिलेका पदाधिकारीहरू गरेको आरोप लगाए ।
उनले भने -'हामीले दैनिक तिरेको रकमबाट संस्थाको पदाधिकारीहरूले फजुल खर्च गर्ने तर हाम्रा समस्याहरू विषयमा ध्यान नदिने काम गरेका छन् त्यसपछि धेरै सदस्यहरूको आपत्ति रहेको छ ।' पदाधिकारी विभिन्न ठाउँमा बैठक र भ्रमणको लागि गएको सङ्घका महासचिव हरे राम कसैधनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण