गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु
नेपाल राष्ट्र बैंकले दसैं, तिहार छठलाई लक्षित गरी नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले सर्वसाधारणका लागि २ असोजदेखि नोट वितरण थालेको हो ।
दसैं विदा हुनुभन्दा अघिल्लो दिनसम्म नयाँ नोट साट्न सकिनेछ । सिद्धार्थनगर अन्तर्गत पर्ने १० जिल्लामध्ये रुपन्देहीमा राष्ट्र बैंक स्वंयले र अन्य ९ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकमार्फत नयाँ नोट वितरण भइरहेको प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक रञ्जना पंडित पौडेलले बताइन् ।
अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलबस्तु, पूर्वी नवलपरासी र नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंक मार्फत तथा रोल्पा, प्युठान र पूर्वी रुकुममा नेपाल बैंक मार्फत नयाँ नोट पठाइएको छ ।
बैंकले यस अघि भदौ २६ गतेबाट नै बैक तथा वित्तिय संस्थालाई १ अर्ब ५० करोड ३५ लाख नयाँ नोट पठाएको छ । पठाइएको नोटमध्ये ५ वटा जिल्लाको नोट कोषमा ६२ करोड ५० लाख, र अन्य बैंक तथा वित्तिय संस्थामा ८७ करोड ८५ लाख नयाँ नोट पठाइएको छ । अझै ४ वटा सुगम जिल्लाको नोट कोषमा नयाँ नोट पठाउन बाँकी रहेको निर्देशक पौडेलले बताइन् ।
रुपन्देहीको हकमा सर्वसाधारणका लागि नयाँ नोट सिद्धार्थनगर शाखाबाट नै वितरण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण