बाँकेका सात स्थानमा नागरिक सहायता कक्ष
दसैंलाई लक्षित गरेर बाँकेका सात स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । भारतबाट फर्किने नेपालीलाई सुरक्षित र सहजरुपमा गन्तव्यसम्म पुग्ने वातावरणका लागि नेपाल–भारत सीमानाका जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्क, र्बैजनाथको सम्झना बजार, खजुराको धनौली, राप्तीसोनारीको कुसुम र बैजनाथको चिसापानीमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए ।
चाडपर्व मनाउन भारतबाट फर्किने नेपालीहरु लुटिने र ठगिने गरेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाहमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ । भारतबाट फर्केका नेपालीलाई ठगिन र लुटिनबाट जोगाउन नागरिक सहायता कक्ष मार्फत सचेतना जगाउने र समस्यामा परेका नेपालीलाई गन्तव्यसम्म पु¥याउन सहयोग गर्ने उद्देश्यले स्थापना गरिएका सहायता कक्ष प्रभावकारी हुने प्रहरी नायब उपरीक्षक घर्तिले बताए ।
बाँके प्रहरीले खास गरी जमुनाह नाकामा निगरानी बढाएको जानकारी दिँदै प्रहरीले चाडपर्वका लागि विशेष सुरक्षा योजना बनाउन थालेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण