बाँकेमा डेंगुका बिरामी बढे
नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गु लगायत बिरामी राखेको छ । यहाँ डेङ्गुको बिरामी ४६ जना छन् । कोभिडका बिरामी बढेपछि अस्पतालले छुट्टै वार्ड बनाएकोमा डेङ्गु लगायतका बिरामी बढेपछि उक्त वार्डमा ती बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.बद्री चापागाईँले बताए । उनले भने, “यो बिरामी बढ्ने मौसम हो । बिरामी बढेर राख्ने ठाउँ छैन ।” अस्पतालमा एक सय ५० शय्या छ । ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन् ।
अस्पतालमा डेङ्गुलगायतका बिरामी बढेपछि रिफर गर्ने क्रम बढेको छ । एकै दिन अस्पतालमा पुगेर दर्जनभन्दा बढी फर्किरहेका छन् । पश्चिमको रिफरल सेन्टर मानिने भेरीमा डेङ्गुबाट दुई जनाको मृत्यु भइसकेको छ । यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला बीचलाई सचेत गराउँदै आएको उपमेयर कमरुद्दिन राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण