फार्मेसी संघ लुम्बिनीको अध्यक्षमा तिवारी
नेपाल फार्मेसी संघ लुम्बिनीको प्रदेश अध्यक्षमा गोविन्दप्रसाद तिवारी निर्वाचित भएका छन्। संघको शनिबार बुटवलमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट सर्वसम्मत रुपमा तिवारीलाई अध्यक्षमा चयन गरिएको हो । समितिको उपाध्यक्षमा खेम तिवारी र रमेश खनाल, महासचिवमा सुरेन्द्रप्रसाद यादव, सचिवमा सुरेन्द्रकुमार डफगर, कोषाध्यक्ष पदमा मोतिलाल खनाल र सहकोषाध्यक्ष पदमा सुवेक्षा गौतम सर्वसम्मत निर्वाचित भएको निर्वाचन आयुक्त धर्मराज भट्टराईले जानकारी दिए।
सदस्यहरुमा जगनाथ पराजुली, लक्ष्मीकुमार गुप्ता र खेमनारायण काफ्ले निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन गर्दै नेपाल फार्मेसी परिषदका रजिष्टार सञ्जीव पाण्डेले फार्मेसी प्रमाणपत्र प्राप्त गरेका फर्मासिष्टहरुलाई प्रमाणपत्र भाडामा नलगाउन निर्देशन दिँदै कतै दिएको पाइएमा कडा कारवाही गर्ने चेतावनी दिए।
पाण्डेले प्रमाणपत्र भाडामा लगाउनु एक प्रकारको अपराध भएको बताउँदै हालसम्म ३० जनाको प्रमाणपत्र खारेज गरिसकिएको खुलासा गरे । उनले कतिपयलाई आजीवन दर्ता हुन अयोग्य हुनेगरी कारवाही गरिएको पनि जानकारी गराए। कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रीय उपाध्यक्ष किरण ढकालले नीतिगत समस्याका कारण फर्मासिष्टहरुको मुद्धा सुल्झाउन नसकिएको बताए ।
संघका प्रदेश अध्यक्ष ध्रुवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका सचिव डा.सन्तोष पोखरेल, औषधि व्यवसायी संघ लुम्बिनीका प्रदेश अध्यक्ष शिव ज्ञवाली, रुपन्देहीका अध्यक्ष सुरज भट्टराई, संघका सल्लाहकार भोजराज बस्याल, बाँकेका अध्यक्ष सुरेन्द्रकुमार डफ्गर, फर्मासिष्ट सभ्यता खनाल बस्याल, प्रदेश उपाध्यक्ष गोविन्दप्रसाद तिवारी लगायतले बोलेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण