फस्फोरस खानीमा भेटियो त्रिकोणी दाँत, दुर्लभ मेगालोडोनको भएको वैज्ञानिकको दाबी
अमेरिकाका एक अनुसन्धानकर्ताले सामाजिक सञ्जालमा पोस्ट भएको त्रिकोणीय दाँतको तस्बिर प्रागैतिहासिक युगको ठूलो सेतो सार्क मेगालोडोनको भएको बताएका छन् । उक्त दाँत भर्खरै फस्फोरस खानीमा फेला परेको थियो । रेडिट प्रयोगकर्ताले उक्त फोटो पोस्ट गरेका छन् ।
पोष्टमा बुसीविभर १८७ नामक प्रयोगकर्ताले अन्य प्रयोगकर्ताहरूलाई यसलाई पहिचान गर्न आग्रह गरेका छन् । पोस्ट सेयर गर्दै प्रयोगकर्ताले लेखेका छन्, “पहिचान गर्न मद्दत गर्नुहोस् ।“
धेरै रेडिट प्रयोगकर्ताहरूले आ—आफ्नै व्याख्या गरे । “सुन्दर जीवाश्म देखिन्छ र ठूलो सेतो दाँत हुनको लागि धेरै ठूलो छ । मलाई लाग्छ तपाईंले यहाँ मेगालोडन दाँत पाउनुभयो,“ एक प्रयोगकर्ताले लेखे ।
अर्का प्रयोगकर्ताले भने, ‘तपाईँले किन डाउनभोट गर्नुभयो भन्ने कुरा थाहा छैन, म एकदमै पक्का छु कि मेगालोडनको दाँत हो । साइजले मात्र मेगालोडनलाई औंल्याउँछ । म विशेषज्ञ त होइन, तर धेरै उत्साही छु’, अर्का प्रयोगकर्ताले लेखेका छन् ।
न्युजविकका अनुसार जीवाश्मविज्ञ तथा चार्ल्सटन फोसिल एडभेन्चर्सका मालिक एश्बी गेलले उक्त दाँत वास्तवमा मेगालोडनको हो । गेलका अनुसार उक्त जीवाश्म ३।६ देखि १५।९ मिलियन वर्ष पुरानो हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण