रुपन्देही प्रहरीको चाडपर्व लक्षित योजना
रुपन्देही प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । चाड पर्वमा सम्भावित अपराधिक घटना नियन्त्रण तथा दुर्घटना रोक्न, प्रहरीको कामलाई प्रभावकारी बनाउन १ हजार २ सय ४८ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
अरुबेला भन्दा चाडपर्वमा सुरक्षाकर्मी २० प्रतिशतले बढाइएको रेग्मीले बताए । अवैध गतिविधि गर्नेहरुलाई ठाउँको ठाउँ कारवाही गर्नेगरी प्रहरी चौबीसैं घण्टा आम नागरिकको सुरक्षामा खट्ने उनको भनाई छ । आर्थिक कारोबार बढी हुने सुनचाँदी पसलहरु, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी वृद्धि गर्ने, स्वदेश फर्किने नेपालीहरूमाथि सीमा नाकामा हुनसक्ने हैरानी, लुटपाटलाई मध्येनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने, आवश्यकता अनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने कार्य प्रहरीले शुरु गरेको उनले बताए ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा रेग्मीले जिल्लामा यात्रुको सहजताका लागि सहजीकरण गर्न जिल्लाको बेलहिया, भैरहवामा यात्रु सहायता कक्ष स्थापना गरिएको रेग्मीले बताए । भारतबाट आफ्नो घर फर्कने क्रममा सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने, जस्ता काम नहोस् भनेर पोशाकका प्रहरी परिचालन गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण