जसपाका प्रदेश उपाध्यक्षसहित १८ जना माओवादीमा प्रवेश
जसपा नेपालका लुम्बिनी प्रदेश उपाध्यक्षको नेतृत्वमा १८ जना नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार बुटवलमा आयोजित कार्यक्रममा जसपा लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष अतिउल्लाह खाँ, मुख्य सचिव यज्ञ पोखरेल, सचिव लक्ष्मी चौधरी, गीता श्रीवास्तव सचिवालय सदस्यहरु टोपबहादुर कार्की, गीता यादव लगायत १८ जना प्रदेश तथा जिल्ला समितिका नेता कार्यकर्तालाई माओवादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (वलदेव) ले पार्टीमा स्वागत गरे ।
सो अवसरमा वलदेवले कम्युनिस्ट पार्टीहरु जुट्दै गए सबैभन्दा ठूलो पार्टी निर्माण गर्न सकिने बताए । विशाल कम्युनिस्ट पार्टी बनाउन माओवादीले नेतृत्वदायी भूमिका खेलिरहेको उनको भनाइ छ ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, माओवादी संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती (बसन्त), जसपाका अतिउल्लाह खाँ, यज्ञ पोखरेल लगायतले अब प्रगतिशील बिचार बोक्ने पार्टीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
यसअघि समाचारमा जसपा हुनुपर्नेमा अन्यथा हुन पुगेकामा क्षमायाचनासहित सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण