क्षुद्रग्रहसँग अन्तरिक्ष यान ठोक्काउँदै नासा
सोमबार, १० असोज २०७९, १६ : ०३
अमेरिकी स्पेस एजेन्सी नासाले एक क्षुद्रग्रहसँग एउटा अन्तरिक्ष यानलाई ठोक्काउने भएको छ । एउटा ठुलो क्षुद्रग्रहलाई पृथ्वीसँग ठोक्किन नदिन कति कठिन हुन्छ भन्ने पत्ता लगाउनका लागि नासाको डार्ट मिसनले यो परीक्षण गर्न लागेको हो । यो परीक्षण पृथ्वीबाट १.१ करोड किलोमिटर टाढा डिमोफोस भन्ने क्षुद्रग्रहमा गरिने नासाले जानकारी दिएको छ । नेपाली समयअनुसार मंगलबार ४ बजेर ५९ मिनेट जाँदा यो परीक्षण सम्पन्न हुनेछ ।

कुनै क्षुद्रग्रहको गतिलाई सानो अंशले बदले मात्र पनि त्यसलाई पृथ्वीसँग ठोक्किनबाट रोक्न सकिने द डबल एस्टोरोइड रिडाइरेक्सन टेस्ट (डार्ट) मिसनको विश्वास रहेको छ । यो सिद्धान्तलाई परीक्षण गर्न १६० किलोमिटर चौंडाई भएको डिमोफोस क्षुद्रग्रहमा २० हजार किलोमिटर प्रतिघण्टाको गतिले अन्तरिक्ष यानलाई ठोक्काइनेछ । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण