होनोर एक्स६ आजदेखि बजारमा
सेलट्रोन नेपालले होनोर एक्स६ नेपालमा लन्च भएको घोषणा गरेको छ। सेलट्रोन नेपाल द्वारा लन्च गरिएको HONOR X Series (X7, X8 र X9) र HONOR 50 Lite पहिले नै बजारमा उपलब्ध छन् । आजदेखि भने होनोर एक्स६ पनि एक्स सिरिज परिवारमा थपिएको हो।
विशेष ६ स्मार्ट फिचर्स भएको होनोर एक्स६लाई किफायती मूल्यमा उत्कृष्ट एन्ट्री लेभल स्मार्टफोन मध्ये एक मानिने कम्पनीको भनाइ छ। यसका साथै सेलट्रोन नेपालले यसलाई थप आकर्षक र सस्तो बनाउन विभिन्न प्रवर्द्धनात्मक योजनाहरू ल्याएको छ । ती मध्ये एउटा स्कीम ३ बन्डलिङ अफर रहेको छ। यो अफर अनुसार ग्राहकले तीन मध्ये एउटा अफर छनोट गरी सस्तो मूल्यमा कम्बो उत्पादनहरू प्राप्त गर्न सक्नेछन् ।
पहिलो बन्डलिङ अफरमा २३ हजार ९८० मूल्य बराबरको HONOR X6 र HONOR Earbuds X3 Lite को कम्बो मात्र रु. २०,९९० मा पाउन सकिन्छ ।
दोस्रो बन्डलिङ अफरमा २४ हजार ९८० मूल्य बराबरको HONOR X6 र HONOR Band 6 को कम्बो मात्र रु. २१,४९० मा पाउन सकिन्छ भने तेस्रो बन्डलिङ अफरमा ३० हजार ४७० मूल्य बराबरको HONOR X6, HONOR Band 6 र HONOR Earbuds X3 Lite को कम्बो मात्र रु. २३,४९० मा पाउन सकिन्छ ।
प्रमोशनल अफरमन क्रममा १० भाग्यशाली विजेताहरूले HONOR Earbuds X3 Lite पाउने पनि कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण