रुपन्देहीको बेलहियामा ५ पर्यटकलाई सम्मान
लुम्बिनी प्रदेश सरकारले ४२ औं विश्व पर्यटन दिवस मनाएको छ । लुम्बिनी प्रदेशको ग्रामीण पर्यटन तथा सहरी विकास मन्त्रालयले विश्व पर्यटन दिवसको अवसरमा नेपाल भारत सीमा क्षेत्र भैरहवाको बेलहियामा मंगलबार विषेश कार्यक्रम गरेको हो ।
सो कार्यक्रमा ५ जना पर्यटकलाई सम्मान गरिएको छ । बेलहियामा भारत हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई गृहमन्त्री बालकृष्ण खाँणले स्वागत गरे । भारतीय पर्यटक दिल्लीका लाला राम र केरलाका राकेश कुमार कच्छ पहिलो भारतीय पर्यटकको रुपमा नेपाल भित्रिएका थिए । यस्तै ईजरायलका म्याक, क्यानडाका आरोन र चीनकी जुलाई पनि मन्त्री खाँणले स्वागत तथा सम्मान गरे । ‘पर्यटनमा पुनर्विचार’ भन्ने नारा सहित दिवस मनाइएको हो ।
पर्यटकलाई स्वागत र सम्मान गर्र्दै गृहमन्त्री खाँणले नेपाल आउने भारतीय पर्यटकलाई पनि अन्य पर्यटक जस्तै सम्मान गर्नुपर्ने बताए । खाँणले नेपालको समग्र विकासको लागि नेपालका सम्पदाहरूको रक्षा र त्यसको उपयोगको साथै पर्यटन ब्यवसायको प्रवर्द्धनले नेपाललाई समृद्ध बनाउने विचार ब्यक्त गरे ।
लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरीले पनि पर्यटकलाई स्वागत गरेका थिए । हरेक वर्ष जस्तै यो वर्ष पनि उत्साहका सार्थ विश्व पर्यटन दिवस मनाइएको चौधरीले बताए । दिवस मनाउन गठित मूल समारोह समितिका संयोजक सीपी श्रेष्ठले पर्यटक पाहुना भएकाले पाहुनाको स्वागतमा पर्यटन ब्यवसायी सधै तयार रहेको बताए । उनले पर्यटन दिवसको अवसर पारेर भैरहवाका होटलमा २० प्रतिशत छुट दिइएको र यातायातमा पनि सहुलियत दिएको बताए । कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण