विश्व पर्यटन दिवस : पाल्पामा साइकल र्याली र प्याराग्लाइडिङ
पाल्पाको तानसेन टुँडिखेलबाट साइकल र्याली र याक्सेडाँडामा नेपाली झण्डासहितको प्याराग्लाइडिङ गरेर विश्व पर्यटन दिवस मनाइएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा) पाल्पाले दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले कोभिड १९ को कारण विश्वभरनै सुस्ताएको पर्यटन व्यवसाय अबका दिन फस्टाउने विश्वास व्यक्त गरे ।
पाल्पालाई पर्यटकीय हबको रूपमा विकास गर्न जरुरी रहेको मन्त्री रानाले बताए । नाटा पाल्पाका संस्थापक अध्यक्ष प्रदिपप्रसाद उदयले संस्थाले स्थापना कालदेखि नै पाल्पाको पर्यटन विकासमा सक्रिय रूपले काम गर्दै आएको बताए ।
दिवसको अवसरमा आयोजित साइकल र्याली तानसेन टुँडिखेलबाट बाट लहरे पिपल हुँदै पेट्रोल पम्प , कैलासनगर, होटल अन्नपूर्ण, नारायणस्थान हुँदै पुनः टुडिखेलमा पुगेरसम्पन्न भएको थियो । तानसेनको बतासेडाँडाको प्याराग्लाइडिङमा विश्व पर्यटन दिवसको नारासहितको ब्यानर र राष्ट्रिय झण्डा आकाशमा फरफराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण