पाल्पामा म्याद नाघेका खाद्यवस्तु नष्ट गरियो
बुधबार, १२ असोज २०७९, १७ : २३
पाल्पाको माथागढीमा बजार अनुगमन गरी म्याद नाघेका खाद्यवस्तु नष्ट गरिएको छ । माथागढी गाउँपालिकाले बुधबार वडा नं. ३ को कसेनीको सराई बजारमा अनुगमन गरेको छ । सराईको ओझापुल, खिरौली, फूलबारी चोकलगायतका बजारमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा बेकरी, मसला, हलुका पेय पदार्थ, चाउचाउ, शृङ्गारका सामग्रीलगायतका सामग्री म्याद नाघेका भेटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिए ।
अनुगमनमा अधिकांश पसल दर्ता भएको तर पसलको दर्ता अनुमति नवीकरण नगरेकाले नवीकरण गर्न र मुल्य सूची टाँस गर्न निर्देशन गरिएको छ । अनुगमनमा पालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चेमगरको नेतृत्वमा भएको हो । अनुगमनमा भेटिएका म्याद नाघेका खाद्यवस्तु जंगलमा लगेर नष्ट गरिएको ज्ञवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण