बिहीबारदेखि लुम्बिनीमा विद्युतीय गाडी सञ्चालनमा आउने
लुम्बिनीमा बिहीबारदेखि विद्युतीय गाडी सञ्चालनमा आउने भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा लुम्बिनीमा थन्किएका विद्युतीय बस बिहीबारदेखि सञ्चालनमा आउने भएका हुन् । गृहमन्त्रीको निर्देशन लगत्तै बुधबार भैरहवामा बसेको लुम्बिनी बिकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायसँग सम्बन्धित सघं–सस्थाको बैठकले विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको हो । तत्काललाई ५ वटा बस सञ्चालनमा ल्याउने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गृहमन्त्रीको पहलमा विभिन्न रुटमा ५ वटा बस सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । उनले विद्युतीय बसका लागि आवश्यक चालक नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको बताए । थन्किएका बसहरू निःशुल्क रूपमा सञ्चालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण