ढुङ्गाजस्तो शरीर, गुच्चा जस्तो आँखा : समुद्रमा भेटियो दुर्लभ प्रजातिको डरलाग्दो ‘शार्क’
अष्ट्रेलियाको न्यु साउथ वेल्सको तटभन्दा टाढा समुद्रमा एउटा भयानक जीव भेटिएको छ । हेर्दा त यो शार्क जस्तै छ तर यो कुन प्रजातिको जीव हो भन्ने केही निश्चित भइसकेको छैन किनभने वैज्ञानिकले यसअघि यस्तो कुनै जीव देखेका थिएनन् । पूरा शरीर ढुङ्गाजस्तो । आँखा गुच्चाजस्ता गोलो र मृत । दाँत निकै भयानक र ब्लेडजस्ता धारिलो । यो रहस्यमयी माछालाई देखेर वैज्ञानिक पनि चकित छन् ।
यो जीवलाई हाल ट्र्यापम्यान बरमागुई नाम दिइएको छ किनभने यहि नामका माझीले न्यु साउथ वेल्सभन्दा टाढा समुद्रमा जाल हानेर यसलाई समातेका थिए । यसलाई २१३० फिट गहिराइमा भेटिएको थियो । ट्र्यापम्यानले यसको तस्बिर फेसबुकमा सेयर गरे । त्यसपछि यो फोटो चर्चाको विषय बन्यो ।
कसैले फोटोको कमेन्टमा ‘यो त डरलाग्दो सपनाभन्दा कम छैन’ भनेर लेखेका छन् भने कसैले ‘यसको हाँसो त शैतानको जस्तो छ’ भनेका छन् । एकजनाले लेखे, ‘यो शार्कले नक्कली दाँत राखेको हुनुपर्छ, त्यसैले त यस्तो हाँस् उठ्दो अनुहार देखाइरहेको छ । ’
कतिले यो जीवलाई ‘कुकिकटर शार्क’ भनेका छन् भने कतिले ‘गबलिन शार्क’ त कतिले ‘ल्यान्टर्न शार्क’ को कुनै प्रजाति बताइरहेका छन् ।
यद्यपि, ट्र्यापम्यान बरमागुई सबै कमेन्टसँग सहमत थिएनन् । ट्र्यापम्यानले यो कुनै कुकिकटर नभएको बताए । उनका अनुसार यसको छालाले यो इन्डेभर डगफिशको कुनै प्रजाति हो । यो एक प्रकारको गल्पर शार्क हो, जसले गहिरो समुद्रमा गोता लगाउँछ । तर शार्कका विशेषज्ञ यो कुरा मान्न तयार छैनन् । क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा शार्क ल्याबका निर्देशक क्रिस्टोफर लोवेले यो काइटफिन शार्क भएको बताउँछन् । उनले यसलाई यकिनका साथ भन्न सकिने अवस्था अझ नआएको पनि बताएका छन् ।
यस्तै, फ्लोरिडा स्टेट युनिभर्सिटीका शार्क विशेषज्ञ डिन ग्रब्सले यो शार्कलाई हेरेर यो रफस्किन डगफिशजस्तो देखिएको बताए । उनका अनुसार यो एक प्रकारको स्लिपर शार्क हो जसको फ्यामिली ग्रिनल्याण्ड शार्कसँग मिल्छ । डिनले भने, ‘हामी लगातार समुद्रमा अचम्मका शार्कका प्रजाति खोजिरहेका छौँ । पाउँछौ पनि । न्युजिल्याण्डस्थित नेशनल इन्स्टिच्युट अफ वाटर एन्ड एटमस्फरिक रिसर्चका वैज्ञानिक ब्रिट फिनुकीले यसलाई एक गल्पर शार्क बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण