बुटवलमा चाडपर्व विशेष सरसफाई अभियान
बुटवलमा चाडपर्व विषेश सरसफाई अभियान जारी राखिएको छ । उपमहानगरपालिकाले सरसफाई अभियान अन्तरगत गोलपार्कदेखि अस्पताल लाइनसम्मको सडकमा विहीबार सरसफाई गरेको छ । चाडबाडलाई लक्षित गरेर उपमहानगरपालिकाले सरसफाई अभियान सञ्चालन गरेको हो ।
सरसफाई अभियानअन्तर्गत बसपार्क क्षेत्र, राजमार्ग, लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्र, आम्दा अस्पताल क्षेत्र र सबै वडा कार्यालयहरूले वडा क्षेत्रभित्र सरसफाई गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । सरसफाइसँगै डेंगु नियन्त्रण अभियान र सचेतना अभियान सञ्चालन हुने उनले बताए ।
बुटवल नगरलाई सफा, सुन्दर राख्नका लागि सबै नगरवासीको सकारात्मक भूमिका आवश्यक पर्ने भएकाले आफ्नो घर, टोल र नगर सफा राख्नका लागि उनले आग्रह गरे । उनले हरेकजसो रोग फोहोरमैला र प्रदूषित वातावरणबाट फैलिने भएकाले सरसफाईमा ध्यान दिन नगरवासीलाई आग्रह गरे ।
अभियानअन्तर्गत शुक्रबार अस्पताल लाइन र राजमार्ग चौराहादेखि योगीकुटीसम्मको सडक क्षेत्र सरसफाई गर्ने कार्यक्रम रहेको उपप्रमुख तथा नगरस्तरीय सरसफाई अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालले जानकारी दिइन् । अभियानकै क्रममा सडक क्षेत्रका खाल्डाखुल्डी पुर्ने, नाली व्यवस्थित गर्ने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण