गुल्मीका अनाथलाई दसैँ खर्च जुट्यो
बाँके जिल्लाका एकजना समाजसेवी अनाथ बालबालिकाहरूलाई दसैँ खर्च बोकेर गुल्मी आइपुगेका छन् । बाँकेको खर्जुरा गाउँपालिका–४ का लीलबहादुर थापाले गुल्मीका अनाथ बालबालिकाहरूको दसैँ खर्च बोकेर आएका हुन् । तम्घासको स्काउट भवनमा अस्थाई छात्रावासको व्यवस्थापन गरी संरक्षण दिइएका अनाथ बालबालिकालाई थापाले ५५ हजार रुपैयाँ दसैँ खर्च उपलब्ध गराएका छन् ।
महेन्द्र नमूना माविको स्काउट भवनमा केही दिनअघि ती बालबालिकालाई ब्यवस्थापन गरिएको थियो । उक्त दसैं खर्च विद्यालयकी सहायक प्रधानाध्यापक लक्ष्मी अर्याललाई एक कार्यक्रमकाबीच थापाले हस्तान्तरण गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सबै सरोकारवाला निकायहरु मिलेर सडक बालबालिकाको व्यवस्थापन गरिएको बताउँदै सहयोगदाता थापालाई धन्यवाद दिए ।
रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जिल्लाका स्थानीय तह, शिक्षा समन्वय इकाई, प्रशासन तथा सुरक्षा निकाय र सम्बद्ध सबै पक्ष मिलेर बालबालिकाहरूको व्यवस्थापन गर्न सफल भएको भन्दै यो पुण्य काममा जोडिएर बालबालिकाहरूको भविष्यका लागि सहयोग गरेकोमा थापाप्रति कृतज्ञता जाहेर गरेका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका इकाई प्रमुख लोकनाथ मरासिनीले उक्त सहयोग रकममध्ये नगद १० हजारबाट बालबालिकाहरूलाई न्यानो कपडा र बाँकी रकम ४५ हजारबाट खाजा तथा खानाको व्यवस्थापन गरिने बताए ।
शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले समाजसेवी थापालाई पनि सम्मान गर्यो । प्रमुख जिल्ला अधिकारी पौडेल, रेसुङ्गा नगरपालिकाका नगरप्रमुख पन्थी, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अर्जुन रानाभाट लगायतले थापालाई सम्मान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण