भारतमा फाइभजी मोबाइल सेवाको औपचारिक उद्घाटन
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशमा फाइभजी मोबाइल सेवाको औपचारिक उद्घाटन गरेका छन् । प्रधानमन्त्री मोदीले फाइभजीको सुरुवात गरेपछि शनिबारदेखि नै देशका आठ सहरमा फाइभजी सेवा सुरु भएको छ ।
आगामी वर्षसम्म यो सेवा देशभर विस्तार गर्ने योजना छ । दिल्लीमा आयोजित ‘इन्डिया मोबाइल कांग्रेस २०२२’ नामक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले यो सेवा सुरु गरेका हुन् । यससँगै फाइभजी सेवाले देशमा अति उच्च गतिको इन्टरनेटको बाटो खोल्नेछ ।
औपचारिक उद्घाटनपछि एयरटेलका अध्यक्ष सुनिल मित्तलले आफ्नो कम्पनीले फाइभजी सेवा सुरु भएको घोषणा गरेका थिए । शनिबार (अक्टोबर १) देखि आठ सहरमा फाइभजी सेवा सुरु भएको मित्तलले जानकारी दिए ।
फाइभजी सेवा सुरु हुने आठ सहरहरूमा दिल्ली, मुम्बई, बेंगलुरु, वाराणसी समावेश छन्। कम्पनीका अधिकारीहरूका अनुसार एयरटेलले मार्च २०२४ सम्ममा देशको हरेक कुनामा फाइभजी सेवा पुर्याउने छ ।
–बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण