श्रीलङ्का सरकारले न्यून आय भएका २ हजार परिवारका लागि घर बनाइदिने
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले निम्न आय भएका परिवारका लागि श्रीलङ्का सरकारले दुई हजार नयाँ आवास उपलब्ध गराउने बताएका छन् ।
अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व वासस्थान दिवसका अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रपति विक्रमासिङ्घेले श्रीलङ्काले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक रहेको र देशले यस्तो समाज निर्माण गर्नुपर्ने बताएका छन् ।
उनले मानिसहरू आफ्नै घरमा खुसीसाथ बाँच्न सकून् भन्ने सरकारको सदिक्षा रहेको बताए । उनले भने, “यो योजनालाई वास्तविकतामा परिणत गर्न सरकारले न्यून आय भएका परिवारका लागि दुई हजार आवास निर्माण शुरू गर्नेछ । यो परियोजनाले सहरी क्षेत्रलाई मात्र नभई अर्ध–सहरी जनसङ्ख्यालाई पनि फाइदा पुर्याउनेछ ।”
राष्ट्रपति विक्रमासिङ्घेले न्यून आय भएका परिवारलाई उनीहरूको आवश्यकताका बारेमा परामर्श गरी आवास एकाइ उपलब्ध गराउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण