बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रक्षालाई बलेले ताकेपछि कक्रोजले जुनालाई भने ‘माया मैसँग लाइदेउन’

शुक्रबार, ०७ पुस २०७४, १५ : १४
शुक्रबार, ०७ पुस २०७४

काठमाडौं – हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज)ले अभिनय गरेको नयाँ गीत ‘माया मैसँग लाइदेउन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गायक किरण भुजेलको उक्त गीतमा सागर र हरिशको अलवा रक्षा श्रेष्ठ र जुना सुन्दासको पनि अभिनय देख्न सकिन्छ । गायक भुजेलको यो रोमान्टिक गीतमा बलेले रक्षासँग र कक्रोजले जुनासँग रोमान्स गरेका छन् ।

भिडियोमा बले र कक्रोजको प्रेमिका बनेका रक्षा र जुना, मधुसुदन पाठक (सितेबा)को अंगालोमा समेत देखिएका छन् । गीतमा किरण भुजेल र मेलिना राईको स्वर रहेको छ । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापाको संगीत छ । 

भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् जसमा सुरेन बसेलको कोरियोग्राफि छ भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप