पाल्पामा मनपरी असुलेपछि गाडी भाडा समायोजन
पाल्पामा भाडाका सवारी साधनले मनपरी भाडा लिएको गुनासो बढेपछि भाडा समायोजन गरिएको छ ।
पाल्पाको तानसेन नगरपालिकामा २ सय भन्दा बढी उपभोक्ताले भाडाका सवारी साधनले यात्रुहरुलाई ठगी गरेको उजुरी दिएपछि सर्वपक्षीय सरोकारवालाहरुको बैठक राखेर भाडा समायोजन गरिएको तानसेन ९ का वडा अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिए । भाडाका सार्वजनिक सवारी साधनको भाडा दर महँगो भएको गुनासोसहितको ध्यानाकर्षण पत्रका सम्बन्धमा पाल्पाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख र तानसेन नगरपालिकाका प्रमुखलाई वडा कार्यालयले जनगुनासो सम्बोधन गरिदिन अनुरोध गरेपछि भाडा समायोजन गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा बसेको बैठकले पाल्पा जिल्ला तथा अन्य जिल्लासँग जोडिएका सडकमा संचालन हुने यातायातमा तानसेन–बुटवल प्रति किमि ४ रुपैंया, तानसेन–रामपुर ४.५ रुपैया, तानसेन–रिडी ५.३०, तानसेन–रानीमहल ५.३० रुपैंया तोकी प्रदेशमा सोही अनुसारको सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख टंक अर्यालले बताए ।
तानसेन–झडेवा ६.३३, तानसेन–हार्थोक ६.३५, तानसेन–दर्लम ६.१३ रुपैयाँ प्रति किलोमिटरको दरले लिने गरी भाडा समायोजन गरिएको छ । यस्तै कच्चि सडकमा प्रति किलोमिटर १२ रुपैयाँको दरले लाग्ने र नगरक्षेत्रमा ४ किमीसम्म अधिकतम ३० रुपैंया भाडा लिन पाइनेछ ।
तानसेन नगरपालिकामा दर्ता भई संचालित अटो रिक्सा टेम्पोले बाँसटारीबाट प्रतियात्रु न्यूनतम १ किमीसम्म २५ रुपैयाँ र थप प्रति किमी १० का दरले थप रकम लिने गरी भाडा समायोजन गरिएको छ । तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई तत्कालै कारवाही गरिने पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण