शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह

बिहीबार, २७ असोज २०७९, ०९ : ०१
बिहीबार, २७ असोज २०७९

जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत लिएर हातहतियार राख्ने व्यक्तिहरुलाई तत्काल हातहतियार प्रहरीमा बुझाउन आग्रह गरको छ । 

प्रशासन कार्यालयले एक सूचना प्रकाशन गरेर इजाजतप्राप्त हातहतियार (बन्दुक, पेस्तोल) नजिकको प्रहरी चौकी, इलाका प्रहरी वा जिल्लास्थित सुरक्षा निकायमा अनिवार्य रुपमा बुझाउन आग्रह गरेको हो । 
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचनका बेला हतियार दुरुपयोग हुन सक्ने भन्दै हतियार केही समयका लागि प्रहरीमा बुझाउन आग्रह गरिएको बताए । उनले आगामी २०७९ कात्तिक १० गतेभित्र इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरिएको जानकारी दिए । 

यस्तै इजाजत विनाका हतियार समेत फेला परे तत्काल बुझाउन प्रशासनले आग्रह गरेको छ । प्रहरीमा बुझाएका हतियार चुनाव सकिएपछि पुन व्यक्तिलाई नै फिर्ता गरिने प्रशासनले जनाएको छ ।

गाँजासहित युवक पक्राउ
यसैबीच जिल्ला प्रहरी कार्यालय पाल्पाले एक किलो ३०० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । तानसेन वडा नं. ३ का १८ वर्षीय युवक परिभेष श्रेष्ठालाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय पाल्पाका प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप