हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत लिएर हातहतियार राख्ने व्यक्तिहरुलाई तत्काल हातहतियार प्रहरीमा बुझाउन आग्रह गरको छ ।
प्रशासन कार्यालयले एक सूचना प्रकाशन गरेर इजाजतप्राप्त हातहतियार (बन्दुक, पेस्तोल) नजिकको प्रहरी चौकी, इलाका प्रहरी वा जिल्लास्थित सुरक्षा निकायमा अनिवार्य रुपमा बुझाउन आग्रह गरेको हो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचनका बेला हतियार दुरुपयोग हुन सक्ने भन्दै हतियार केही समयका लागि प्रहरीमा बुझाउन आग्रह गरिएको बताए । उनले आगामी २०७९ कात्तिक १० गतेभित्र इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरिएको जानकारी दिए ।
यस्तै इजाजत विनाका हतियार समेत फेला परे तत्काल बुझाउन प्रशासनले आग्रह गरेको छ । प्रहरीमा बुझाएका हतियार चुनाव सकिएपछि पुन व्यक्तिलाई नै फिर्ता गरिने प्रशासनले जनाएको छ ।
गाँजासहित युवक पक्राउ
यसैबीच जिल्ला प्रहरी कार्यालय पाल्पाले एक किलो ३०० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । तानसेन वडा नं. ३ का १८ वर्षीय युवक परिभेष श्रेष्ठालाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय पाल्पाका प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण