गुल्मीका दुवै निर्वाचन क्षेत्रमा ‘हेभी वेट’ प्रतिस्पर्धामा
प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा आसन्न निर्वाचनका लागि दुवै क्षेत्रमा सत्तारुढ गठबन्धन र नेकपा एमालेका ‘हेभी वेट’ प्रतिस्पर्धी मैदानमा उत्रिएका छन् ।
क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली उम्मेदवार छन् । उनी २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । सत्तारुढ गठबन्धनबाट यो क्षेत्रमा नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी उम्मेदवार छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेश पाण्डे, नेपाल मजदुर किसान पार्टीबाट पदम रसाईली, हाम्रो नेपाली पार्टीबाट भुवनेश्वर अर्याल, मंगोल नेशनल अर्गनाइजेसनबाट लोकबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीबाट चन्दा थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दामोदर भण्डारी पनि यो क्षेत्रमा उम्मेदवार छन् । यहाँ सुधन न्यौपाने र कमला श्रेष्ठ स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।
क्षेत्र नम्बर २ मा एमालेले पूर्वमन्त्री गोकर्ण विष्टलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री उम्मेदवार छिन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट युवराज घिमिरे, हाम्रो नेपाली पार्टीबाट रामलाल पाण्डे, राप्रपा नेपालबाट ठाकुरप्रसाद पाण्डेय, मंगोल नेशनल अर्गनाइजेसनबाट पदम थापा मगर उम्मेदवार छन् । यो क्षेत्रमा तेजेन्द्र बहादुर महत, नारायण भट्टराई, कमला पुन, देवराज पाण्डे, दामोदर भुसाल, अमरबहादुर कार्की र केशरबहादुर थापा स्वतन्त्र उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण