बाढीबाट बचेकाहरू बस आगलागीमा परे, १८ जनाको मृत्यु
पाकिस्तानको सिन्ध प्रान्तमा पर्ने जामशोरो जिल्लामा बुधबार एउटा यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १८ को मृत्यु भएको छ । मृतकहरुमा ८ जना बालबालिका र नौ जना महिला छन् । प्रहरीका अनुसार बसमा लगभग ५० जना सबार थिए र प्रारम्भिक अनुसन्धानमा बसमा सबार सबै यात्रु एउटै संयुक्त परिवारका सदस्य रहेको बताइएको छ । पाकिस्तानमा पछिल्लो समय वितण्डा मच्चाएको बाढीले तिनको गाउँ डुबाएपछि उनीहरू कराँचीस्थित अस्थायी क्याम्पमा सारिएका थिए ।
जामशोरो जिल्लाका डीएसपी जावेद बलोचले मिडियालाई बताए अनुसार बसले ती यात्रुलाई कराँची स्थिति बाढी पीडित बस्ने क्याम्पबाट तिनको गाउँ खैरपुर नाथन शाह लाँदै थियो । तर नूरियााबादनजिक पुग्दा बसमा आगलागी भयो ।
शव र घाइतेहरूलाई जामशोरोस्थित लियाकत विश्वविद्यालय अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकहरूले घाइतेहरु मध्ये पनि केही गम्भिर रुपमा जलेकाले मर्नेको सङ्ख्या बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
सञ्चारमाध्यमका अनुसार बसको एयर कन्डिसनिङ प्रणालीमा खराबी आएपछि आगजनी सुरु भएको थियो र आगजनीबाट बस पुरै जलेको थियो । -अल जजिराबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण