क्वालिटी इन्टरटेनमेन्ट अवार्ड कात्तिक २१ मा आयोजना हुने
दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ को आयोजना आगामी कात्तिक २१ गते आयोजना हुने भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने अवार्डको मनोनयन गत भदौमा सार्वजनिक भएको थियो ।
पहिले असोजमा आयोजना हुने भनिएको अवार्ड बिभिन्न कारणले कात्तिक २१ मा सारिएको क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले बताए । ‘कोरोनाको महामारी पछि सुस्ताएको नेपाली गीत संगीत तथा चलचित्र उद्योगलाई माथि उठाउन दुई वर्ष अघिबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्डको आयोजना थालिएको हो’ गुरुङले भने ‘२०७८ वैशाखदेखि २०७९ भदौको पहिलो सातासम्म रिलिज भएका गीतहरूबाट उत्कृष्ट पाँचको मनोनयन निर्णयक समितिले यस अघि नै छनौट गरेर सार्वजनिक गरिसकेको छ ।’
चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न ४० विधा अवार्डमा समेटिएका छन् ।
अवार्डमा टिका गुरुङलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने छ । तीन दशकभन्दा लामो समयदेखि ध्वनी सम्पादकको रुपमा सक्रिय रहेका कारण उनलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको हो । यस्तै यो वर्ष क्वालिटी इन्टरटेनमेन्ट पत्रकारिता पुरस्कार राजधानी दैनिकका कला पत्रकार डब्लु क्षत्रीलाई प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण