ओलीको स्वास्थ्यमा सुधार, धुलावारी र दमकको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने
बुधबार, ०२ कात्तिक २०७९, १० : ४५
१
कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज क्षेत्र नं १ र ५ मा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागी हुने भएका छन् । आज विहान ११ बजे क्षेत्र नं १ स्थित को धुलाबारीमा हुने कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन् ।
यसैगरी दिउसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा आयोजना गरिएको क्षेत्र नं ५ स्तरीय नेता तथा कार्यकर्ता सहभागी हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए ।
हिजो अध्यक्ष ओलीको स्वास्थ्यमा केही समस्या आएपछि प्रेस चौतारी झापाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सकेका थिएनन् । तर, आज स्वास्थ्य अवस्था ठिक भएकोले सबै कार्यक्रमहरु यथावत सञ्चालन हुने दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण