सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि तरल औषधिको उपयोगमा प्रतिबन्ध

बिहीबार, ०३ कात्तिक २०७९, १८ : १३
बिहीबार, ०३ कात्तिक २०७९

इन्डोनेसियाले मिर्गौलाको गम्भीर चोटका कारण ९९ जना बालबालिकाको मृत्यु भएपछि सबैखाले झोल औषधिको उपयोगमा अल्पकालीन प्रतिबन्ध जारी गरेको छ । देशका २० प्रान्तमा मिर्गौलामा गम्भीर चोट लागेका २०६ जनामध्ये ९९ जनाको मृत्यु भएपछि सबै तरल औषधिको उपयोग अस्थायीरूपमा रोक लगाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद स्याहरिलले विशेष गरी छ वर्षभन्दा कम उमेरका बालबालिकामा साउनको अन्त्यदेखि सङ्क्रमण बढेको, केही बिरामीलाई पखाला चल्ने, खोकी लाग्ने, वाकवाकी हुने लक्षण देखापरेका बताए । कोभिड–१९ खोपका कारण बालबालिका हताहत नभएका स्पष्ट गर्दै उनले छ वर्ष वा त्यसभन्दा माथिका बच्चालाई मात्र खोप लगाउन आह्वान गरिएको बताए ।

 भारतमा उत्पादन गरिएका चार प्रकारका खोकीका झोल औषधिले गाम्बियामा ७० बालबालिकाको मिर्गौलामा गम्भीर समस्या भई ज्यान नै गएको बताइएको छ । इन्डोनेसियाको खाद्य तथा औषधि नियामक निकायले भारतीय औषधि देशमा दर्ता नभएको बताएको छ । त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप