इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि तरल औषधिको उपयोगमा प्रतिबन्ध
इन्डोनेसियाले मिर्गौलाको गम्भीर चोटका कारण ९९ जना बालबालिकाको मृत्यु भएपछि सबैखाले झोल औषधिको उपयोगमा अल्पकालीन प्रतिबन्ध जारी गरेको छ । देशका २० प्रान्तमा मिर्गौलामा गम्भीर चोट लागेका २०६ जनामध्ये ९९ जनाको मृत्यु भएपछि सबै तरल औषधिको उपयोग अस्थायीरूपमा रोक लगाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद स्याहरिलले विशेष गरी छ वर्षभन्दा कम उमेरका बालबालिकामा साउनको अन्त्यदेखि सङ्क्रमण बढेको, केही बिरामीलाई पखाला चल्ने, खोकी लाग्ने, वाकवाकी हुने लक्षण देखापरेका बताए । कोभिड–१९ खोपका कारण बालबालिका हताहत नभएका स्पष्ट गर्दै उनले छ वर्ष वा त्यसभन्दा माथिका बच्चालाई मात्र खोप लगाउन आह्वान गरिएको बताए ।
भारतमा उत्पादन गरिएका चार प्रकारका खोकीका झोल औषधिले गाम्बियामा ७० बालबालिकाको मिर्गौलामा गम्भीर समस्या भई ज्यान नै गएको बताइएको छ । इन्डोनेसियाको खाद्य तथा औषधि नियामक निकायले भारतीय औषधि देशमा दर्ता नभएको बताएको छ । त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण