डिभोर्सको स्पष्टीकरणले चर्चामा वर्षा !
कोरोना अगाडिका समय अभिनेत्री वर्षा राउत मिडियामा छाइरहन्थिन् । कहिले फिल्म, कहिले म्युजिक भिडियो उनको चर्चाको बिषय बन्थ्यो । कोरोनापछि भने उनी लामो समय मिडियाबाट हराइन् । अहिले भने फिल्म ‘के घर के डेरा’ ले उनलाई मिडियामा ल्याएको छ । फिल्मको प्रचारका लागि उनी मिडियामा आएकी थिइन् । तर चर्चा भने उनको र उनको श्रीमान् संजोग कोइरालाको भइरहेको छ ।
करिब एक वर्ष अगाडि उनले श्रीमान् संजोग कोइरालाको तस्बिर इन्स्टाग्रामबाट हटाएकी थिइन् । त्यो समय उनको सम्बन्धको बिषयमा बिभिन्न गसिफ बने । उनी मिडियाबाट टाढा रहेकोले त्यो बिषय त्यसै सेलाएको थियो र अहिले उनी मिडियामा आएपछि त्यो बिषय फेरि बाहिर आएको छ ।
फिल्मको प्रचारमा हिँडिरहेकी वर्षाले अहिले फिल्मको भन्दा बढी संजोगसँगको सम्बन्ध, डिभोर्सको स्पष्टिकरण दिइरहेकी छन् । उनले दिल खोलेर दिएको डिभोर्सको स्पष्टिकरण अन्तरवार्ताहरुले युट्युबको ट्रेन्डिङ समेत ओगटेको देख्न सकिन्छ । अन्तरवार्ता हेर्ने दर्शकले कमेन्टमा भने वर्षा र संजोगलाई अलग नहुन आग्रह गरेका छन् ।
वर्षा अभिनित फिल्म ‘के घर के डेरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्ममा उनी अभिनेता विपिनको जोडिएको रुपमा प्रस्तुत भएकी छन् । फिल्मको भुमिका आफुले अहिलेसम्म निर्वाह गरेको भन्दा फरक रहेको उनी बताउँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण