त्यतिबेला लाग्यो मेरो करियर नै समाप्त भयो : कट्रिना
कट्रिना कैफले हालै आफ्नो विगतको जीवनको बारेमा ठूलो खुलासा गरेकी छिन् । हालैको एक अन्तर्वार्तामा उनले सन् २००३ मा आएको फिल्म सायामा अभिनयका लागि अस्वीकृत हुँदा आफूलाई धेरै हदसम्म डिप्रेशनमा पुर्याएको बताएकी हुन् ।
अस्वीकृत भएको कुरा सुनेर आफू धेरै बेर रोएको र आफ्नो करियर सुरु हुनुभन्दा पहिले नै समाप्त भएको ठानेको पनि कट्रिनाले बताइन् । यो रिजेक्शनपछि आफू कहिल्यै हिरोइन बन्न नसक्ने सोच समेत पलाएको उनले सुनाइन् ।हालै मिडियालाई दिएको एक अन्तर्वार्तामा कट्रिनाले भनिन्– ‘साया फिल्ममा एक सट मात्र सुटिङ गरेपछि मलाई निकालियो । निकालिएको होइन, रिप्लेस गरियो । चलचित्रमा जोन अब्राहम र तारा शर्मा मुख्य भूमिकामा थिए। त्यतिबेला मलाई मेरो जीवन र करियर दुवै एकै समयमा समाप्त भएको महसुस भयो । म धेरै बेर यो सुनेर रोएँ ।’
साया २००३ मा रिलिज भएको यो हलिउड फिल्म ड्र्यागनफ्लाइको कपी थियो जसलाई अनुराग बसुले निर्देशन गरेका थिए। फिल्ममा जोन अब्राहम, तारा शर्मा र महिमा चौधरीको मुख्य भूमिका थियो । फिल्म महेश भट्टले निर्माण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण