बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आयोगको चेतावनीप्रति भीम रावलको आपत्ति

बुधबार, ०९ कात्तिक २०७९, १६ : १६
बुधबार, ०९ कात्तिक २०७९

निर्वाचन आयोगले सामाजिक सञ्जालमा ‘नो नट एगेन’ भनेर प्रचार गर्ने निर्वाचन आयोगको चेतावनीप्रति एमाले नेता भीम रावलले आपत्ति जनाएका छन् । आयोगले शीर्ष नेताको तस्बिर राखेर सामाजिक सञ्जालमा प्रचार गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । साथै, त्यसरी फेसबुक पेज बनाएको भए हटाउन निर्देशन दिइसकेको छ ।

आयोगको यही निर्णयप्रति आपत्ति जनाउँदै नेता रावलले शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए हुन्छ भन्दै आक्रोश व्यक्त गरेका छन् । आयोगको यो निर्णय संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरुद्ध रहेको उनको भनाइ छ ।

‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?’ रावलले सामाजिक सञ्जालमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप