मधेश प्रदेशसभा भोलि सार्वजनिक बिदा
मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिएका छन् ।
केन्द्रीय सरकारले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । साथै मधेश प्रदेश सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको मुख्यमन्त्री राउतले जानकारी दिए ।
आइतबार शुभकामना सन्देश जारी गर्दै उनले सोमबार सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन् । उनले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
‘सामाजिक एकताको झझल्को दिने यस महापर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाओस् भनि कामना गर्दछौँ,’ मुख्यमन्त्री राउतको शुभकामना सन्देशमा उल्लेखमा छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण