मधेश प्रदेशसभा भोलि सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिएका छन् ।
केन्द्रीय सरकारले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । साथै मधेश प्रदेश सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको मुख्यमन्त्री राउतले जानकारी दिए ।
आइतबार शुभकामना सन्देश जारी गर्दै उनले सोमबार सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन् । उनले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
‘सामाजिक एकताको झझल्को दिने यस महापर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाओस् भनि कामना गर्दछौँ,’ मुख्यमन्त्री राउतको शुभकामना सन्देशमा उल्लेखमा छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन
-
छ महिनापछि घर फर्किए टिंकरवासी
-
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना
-
कश्मीर : भारत–पाकिस्तानबिच आजसम्मका तनाव शृङ्खला