एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने
मङ्गलबार, १५ कात्तिक २०७९, ०६ : ११
नेकपा एमालेले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी दिए ।
त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताए । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरुले आफ्ना घोषणापत्रमार्फत जनतामाझ प्रतिबद्धता जनाउने गरेका छन् । यद्यपि घोषणापत्र कार्यान्वयनको पक्ष भने अत्यन्त फितलो रहँदै आएको भन्दै जनतामाझ आलोचना हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण