माधव र सन्तोषले सार्वजनिक गरे ‘मित्रता’
काठमाडौं – गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको संयुक्त एल्बम ‘मित्रता’ सार्वजनिक भएको छ । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले उक कार्यक्रमका बीच एल्बम सार्वजनिक गरे ।
गीतकार माधव निर्दोषको बारेमा तयार पारिएको डकुमेन्ट्री प्रस्तुत गरिएको कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, संगीतज्ञ बुलु मुकारुङ, ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश वि.क., वरिष्ठ चलचित्र पत्रकार एवं गीतकार शान्ति प्रिय उपस्थित थिए । मित्रता एल्बम भित्र सन्तोष श्रेष्ठको एकल संगीत र माधव निर्दोषको एकल गीत रहेको छ । एल्बम भित्र मुटुविना, आऊ नजिकै आऊ, तिमीसँग छुटेपछि, तिम्रो सधैं जित हुँदा, जाऊ छोडेर जाऊ जस्ता गीतहरु समावेश रहेका छन् ।
– कार्यक्रममा निर्दोषले आफूलाई संगीतकार बुलु मुकारुङले नै गीति लेखन राम्रो छ भन्दै गीतकार बन्ने बाटो देखाएको बताए ।
– संगीतकार सन्तोष श्रेष्ठले मितेरी एल्बम देखिको सांगीतिक साइनोले आत्मीयता र मित्रतासम्म एकल संगीत गर्ने अवसर मिलेको बताए ।
– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बास्कोटाले कभर सङ गाउनेको प्रवृत्तिलाई व्यवस्थापन गर्नुपर्ने बताउँदै रोयल्टी व्यवस्थापनलाई पनि सशक्त ढंगले अगाडि बढाउनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण