यस्तो छ निखिल र सारको आइट गीत
काठमाडौं – ४ माघ प्रदर्शन मिति तय गरेको चलचित्र ‘पिंजडा ब्याक अगेन’को आइटम गीत सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गीतको भिडियो भने अपलोड गरिएको छैन ।
भिडियो सार्वजनिक गर्दा चलचित्रको कथावस्तु बाँहिर आउने डरले निर्माण युनिटले लिरिकल भिडियो मात्र सार्वजनिक गरेको जनाएको छ । र
‘बल्यो धप धप यो जवानी’ बोलको गीतमा शशी रावलको स्वर छ, भने बसन्त सापकोटाले संगीत दिएका छन् । गीतको शब्द डा. कृष्णहरी बरालले कोरेका हुन् ।
द्धन्द्ध निर्देशक हिमाल केसी निर्देशित चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले चलचित्र छायाँकन गरेका छन् ।
निखिल उप्रेती, सारा शिर्पाली, ज्याक श्रेष्ठ, बिना थापा, सुश्मिता केसी, पुकार भट्टराई, कुशाग्र भट्टराई, भोलाराज सापकोटा लगायत मुख्य भुमिकामा रहेको चलचित्रमा कोरियोग्राफी रामजी लामिछानेको छ । रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्री यसका निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण