एमाले दोलखाले ५१ हजार परिवार भेट्ने
बुधबार, २३ कात्तिक २०७९, ०८ : ५३
आगामी मङसिर ४ मा हुने चुनावलक्षित गरेर नेकपा एमाले दोलखाले नयाँ कार्यक्रम तथा अभियान घोषणा गरेको छ । उसले जिल्लाका सबै ५१ हजार परिवारलाई भेट्ने लक्ष्यसहित '४८ हजार घर पुगौँ, ५१ हजार परिवार भेटौँ' अभियान सुरु गरेको छ ।
अभियान भीमेश्वर नगरपालिकाबाट हिजोदेखि नै सुरु गरिएको एमाले दोलखाका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए । मेलुङ र शैलुङ गाउँपालिकामा आज २२ गतेबाट, वैत्येश्वर गाउँपालिकामा २४ गतेबाट र तामाकोशी, गौरिशंकर,विगु कालिञ्चोक गाउँपालिका तथा जिरी नगरपालिकामा २५ गतेबाट यो कार्यक्रम सुरु हुनेछ ।
अभियान जिल्लाका नौ वटा पालिकाका ७४ वटै वडामा सञ्चालन हुनेछ । अभियानअन्तर्गत पालिका कमिटी, वडा कमिटी तथा टोल कमिटिहरु हरेक मतदाताको घर तथा परिवारमा पुगेर चुनावी प्रचारप्रसार गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण