एलन मस्कले पुनः बेचे टेस्लाको करिब दुई करोड सेयर
विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले एकपटकब पुनः विद्युतीय कार निर्माता कम्पनी टेस्लाका १ करोड ९५ लाख सेयर बेचेका छन् । यसको मूल्य करिब ३.९५ अर्ब डलर हो । यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमार्फत् यो जानकारी सार्वजनिक भएको हो ।
यो जानकारी यस्तो समय आएको हो जब एलन मस्कले ट्विटरलाई ४४ अर्ब डलरमा अधिग्रहण गरेको दुई हप्ता पनि भएको छैन । यस वर्षको सुरुदेखि नै टेस्लाको सेयरको मूल्य ५० प्रतिशतभन्दा बढी गिरावट आएको छ ।
यसबाहेक टेस्लाले अमेरिकामा आफ्नो कारमा पावर स्टियरिङका साथै सम्भावित समस्याका कारण ४० हजार कार फिर्ता बोलाइरहेको छ । एलम स्कले यस वर्षको अप्रिलमा ८.५ अर्ब डलर र अगस्टमा करिब ७ अर्ब डलरको टेस्लाको सेयर बेचेका थिए ।
यस्तै ट्विटर अधिग्रहणपछि एलन मस्कले करिब ५० प्रतिशत कर्मचारीलाई जागिरबाट निकालिसकेका छन् । आफूसँग कुनै विकल्प बाँकी नरहेको भन्दै उनले यसमा स्पष्टिकरण पनि दिएका थिए । उनका अनुसार ट्विटरले हरेक दिन ४० लाख डलरको क्षती व्यवहोरिरहेको छ ।
एलन मस्कले ट्विटरमा ब्लू टिक पाउनका लागि ८ डलर तिर्नुपर्ने घोषणा पनि गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण