लिङदेनको प्रश्न : ८० वर्षका देउवालाई प्रधानमन्त्री बनाउँदा देश बन्छ त !
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ८० बर्ष पुग्न लागेका कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्दा देश बन्छ त ? भनेर प्रश्न गरेका छन् ।
बिहीबार सिन्धुपाल्चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले एकचोटी यो देश बनाउन राप्रपालाई मद्दत गर्न आग्रह गरे । ‘एकचोटी राप्रपालाई यो देश बनाउने मौका दिनुपर्यो’, लिङदेनले मत माग्दै भने, ‘यो राप्रपालाई मद्दत हुँदैन । तपाईहरुलाई नै मद्दत हुन्छ ।’
उनले कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरुले पनि छातीमा हात राखेर तीनै पार्टीका नेताहरुलाई कति पटक भोट दिँदा देश बन्छ होला ? भनेर प्रश्न गरे ।
‘शेरबहादुर देउवा आज पाँचौपटक यो देशको प्रधानमन्त्री हुनुहुन्छ । ७९ वर्षको उमेरमा हुनुहुन्छ । के उहाँलाई छैठौचोटी ८० वर्षको उमेरमा प्रधानमन्त्री बन्ने मौका दिँदा चाहिँ देश बन्छ होला त ?’, लिङदेनले अरुको नाम नलिने भन्दै प्रश्न गरे । उनले अरु पार्टीले नेपाललाई विकास गर्नुको साटो अरवियनको नोकर उत्पादन गर्ने काम मात्रै गरेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण