बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रेखाको प्रेमजालमा शेर बहादुर (भिडियाे)

बुधबार, १२ पुस २०७४, १२ : ५८
बुधबार, १२ पुस २०७४

काठमाडौं – गायक रेवत राईको आवाज रहेको ‘खुसे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा अभिनेत्री समेत रहेकी मोडल  रेखा फागो, शेर बहादुर थापा मगर र प्रकाश चाम्लिङ्को पनि अभिनय रहेको छ ।

भिडियो नेत्र किरातले निर्देशन गरेका हुन्, भने भिडियोमा डान्सर तथा कमेडियन रोशन मगरको कोरियोग्राफर रहेको छ । युवक र युवती एक्कासी भेट भएको युवकलाई युवतीले  मनपराउन थालेपछि  उनीहरुले मायामा गर्ने क्रियाकलाप भिडियोले देखाउन खोजेको छ । 

दर्जन बढी गीत गाईसकेका गायक रेवतको दोस्रो एल्बम ‘लय’मा समावेश यो गीतमा स्वयम रेवतकै संगीत रहेको छ । अनुभवी ओम प्रसाइको छायाँकन रहेको भिडियोमा विष्णु खड्का ‘अर्यान’को सम्पादन रहेको छ । भिडियो ललितपुरको श्रीकाली चौरको सेरोफेरोमा छायाँकन गरिएको हो । जहाँ पछिल्लो समय चलचित्रको गीत छायाँकन गर्ने गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप