लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयूसहितको एम्बुलेन्स संचालन
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । एक करोड लगानीमा सञ्चालनमा ल्याएको एम्बुलेन्सको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।
डा. देवकोटाले एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि लैजानका लागि मात्र नभइ सो अवधिमा समेत स्वास्थ्य सुविधा प्राप्त हुने जानकारी गराए । एम्बुलेन्समा एक जना मेडिकल अधिकृत र एकजना स्वास्थ्यकर्मीको रोहबरमा स्वास्थ्य सेवा उपलब्ध गराइने उनले बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले कोभिडको समयमा विरामीलाई काठमाण्डौं लैजानका लागि एम्बुलेन्सको अभावको महसुस भएपछि ए ग्रेड एम्बुलेन्स सञ्चालनमा ल्याउने योजना बनेको थियो । एम्बुलेन्स सञ्चालनसँगै अस्पतालको सेवा बिस्तरा भएको उनले उल्लेख गरे ।
टोकन सिस्टममा एम्बुलेन्स सञ्चालन गरिने समेत उनले बताए । अन्य एम्बुलेन्सको तुलनामा सुविधा सम्पन्न हुनुका साथै सञ्चालन खर्च पनि बढी आउने भएकाले शुल्क केही बढी हुने उनले बताए । ए ग्रेडको एम्बुलेन्स प्रति किलोमिटर ४० रुपैयाका दरले रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
-
शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन
-
झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण