दाङ–१ मा नेकपा एकीकृत समाजवादीका मेटमणिको फराकिलो अग्रता, शान्तालाई पछ्याउँदै देवराज
प्रतिनिधिसभा सदस्य अन्तर्गत दाङ क्षेत्र नं. १ मा ५ हजार ७८२ मत गणना गर्दा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले २ हजार २४० मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेकी शान्ता चौधरी ७८१ मतले पछि छिन् । उनले एक हजार ४५९ मत पाएकी छन् ।
चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले पछ्याइरहेका छन् । पाठकले १ हजार १८५ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेशसभा तर्फ दाङ १(१) मा ६ हजार ९३ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका नेता इन्द्रजीत थारुले १ हजार ९६८ मत प्राप्त गरेका छन् भने एमालेका गंगाराम भट्टराईले १ हजार ९८१ मत प्राप्त गरेका छन् ।
त्यस्तै क्षेत्र नं. १ (२) नेपाली कांग्रेसका अनुराग खड्काले नेकपा एमालेका कुलबहादुर केसीलाई ४६३ मतले पछि पारेका छन् । ६ हजार ३ सय मत गणना गर्दा खड्काले २ हजार ७४९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कुलबहादुर केसीले २ हजार २८६ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
-
मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
-
बागमतीमा सत्ता संघर्षः एमालेमा दल नेताको विवाद बढ्दै
-
रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण