बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘बटरफ्लाई’ को टाइटल गीत सार्वजनिक

शुक्रबार, १४ पुस २०७४, १५ : २१
शुक्रबार, १४ पुस २०७४

काठमाडौं । २८ पुसबाट दर्शक माझ आउँने तयारीमा रहेको चलचित्र ‘बटरफ्लाइ’को गीत सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले ‘टाइटल गीत’ प्रचारका लागि सार्वजनिक गरेको हो ।

स्याड भर्सनको शिर्ष गीतमा स्वर युवराज चौलागाईंको छ, भने संगीत विकास चौधरीले दिएका छन् । सुरज लामिछानेको शब्दरहेको गीतमा  कोरियोग्राफी कविराज गहतराजको छ । गीत आर्यन अधिकारी र प्रियंका कार्की माथी छायाँकन गरिएको छ ।

चलचित्रमा अर्पण थापा, रविन्द्र खड्का, पुरज थापा, सुष्मा कार्की, सुरविर पण्डित, मोहन निरौंला, राम बुढाथोकी र माधव पण्डितको मुख्य भुमिका रहेको छ । 

ओम प्रतिक गुरुङले निर्देशन गरेको चलचत्रिमा विकाससँगै अर्जुन पोखरेल र दीपक शर्माको समेत संगीत छ । रमेश प्रजापति कार्यकारी निर्माता रहेको चलचित्रमा सरोज शाह र मन्दिल श्रेष्ठ सह निर्माता रहेको छन् । चलचित्रमा मुख्य निर्मातामा पुष्पाञ्जली अधिकारी ‘सखा’, रामशरण राना र भुपेन्द्र सुवेदी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप