शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रियलमी नार्जो सिरिजको नयाँँ मोडल नार्जो ५० आइ प्राइम नेपालमा

बिहीबार, ०८ मङ्सिर २०७९, १२ : १३
बिहीबार, ०८ मङ्सिर २०७९

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नार्जो फ्यामिलीमा अर्को एउटा सिरिज थपेको छ । कम्पनीले रियलमी नार्जो ५० आइ प्राइम थप गरेको हो । नयाँ स्मार्टफोनले नार्जोको स्टाइलिश डिजाइन, छरितो पर्फर्मेन्स र पावरफुल प्रोसेसरको लेगसीलाई अझै विशाल बनाउने र प्रयोगकर्तालाई समग्र रुपमा एउटा पूर्ण स्मार्टफोन एक्स्पिरियन्स प्रदान गर्ने कम्पनीको भनाई छ ।

‘नार्जो सिरिजको नयाँँ सदस्यको रुपमा रियलमी नार्जो ५० आइ प्राइमलाई लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । नेपालको गेमिङ क्राउडले नार्जो सिरिजलाई एकदमै मन पराएको थियो । त्यसैले हामीलाई अझै पावरफुल गेमिङ फोन ल्याउन हौसला दिएको थियो । एन्ट्री लेभलको सबैभन्दा स्टाइलिश फोन नार्जो ५०आइ प्राइम अब अझै आकर्षक भर्टिकल स्ट्राइप डिजाइनमा आएको छ,’ लन्चको बारेमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने ।

यसको पावरफुल युनिसक टी ६१२ प्रोसेसरले पहिलाको भन्दा अझै पावरफुल पर्फर्मेन्स प्रदान गर्ने तथा ब्रान्डको रुपमा रियलमीले सदैव आफ्नो स्मार्टफोनहरुमा नवीनतम प्रविधिहरु प्रयोग गर्न तत्पर रहेको जानकारी गराएको छ । रियलमी नार्जो ५० आइ प्राइमले रियलमीलाई एक कदम अगाडि बढाएको कम्पनीको विश्वास छ ।

प्रयोगकर्ताहरुलाई अहिलेसम्मकै उत्कृष्ट अनुभव प्रदान गर्ने हिसाबले रियलमी नार्जो ५० आइ प्राइमको डिजाइन गरिएको कम्पनीले जनाएको छ । साथै यो मुल्यमा उपलब्ध अहिलेसम्मकै पातलो र हल्का वजनको फोन भएको पनि कम्पनीले दावी गरेको छ । ८.५ मिमिको अल्ट्रा स्लिम बडी भएको यस फोनको तौल भने जम्मा १८२ ग्राम रहेको छ । भर्टिकल स्ट्राइप डिजाइनले हेर्दा जति आकर्षक देखाएको छ, यसको प्रोसेसर पनि उत्तिकै शक्तिशाली रहेको छ यसमा भएको २.२ हाइ स्पिड युनिभर्सल फ्ल्यास स्टोरेजले ३ गुणा छिटो डाटा रिड र राइट गर्न सक्छ । सजिलोसँग ब्लकबस्टर शट्सहरु लिन र डिटेल्ड तस्विरहरु लिनको लागि यसमा ८ एमपीको एआइ क्यामरा राखिएको छ । त्यस्तै यसमा रहेको ५००० एमएएचको शक्तिशाली ब्याट्री स्ट्यान्ड बाइ मोडमा ४५ दिनसम्म टिक्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यस्तै, ३ जिबी ¥याम र ३२ जिबी रोम भएको सेटको मुल्य १४ हजार ४९९ रुपैयाँ रहेको छ भने ४ जिबि र्‍याम र ६४ जिबी रोम भएको सेटको मुल्य १५ हजार ९९९ रुपैयाँ रहेको छ । यी फोनहरु आकर्षक डार्क ब्लु र मिन्ट ग्रिन रंगहरुमा उपलब्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप