बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिलो गीत ‘आँगनै भरि’ रिलिज गर्दै नेपथ्य

शनिबार, १५ पुस २०७४, १० : ४४
शनिबार, १५ पुस २०७४

काठमाडौं–स्थापनाको २५ औं वर्ष मनाइरहेको नेपथ्यले म्यूजिक भिडियो रिलिज गर्ने क्रममा ब्याण्डकै पहिलो गीत छनौट गरेको छ। 
‘आँगनैभरि हिउँ नै झरे, आरु फूल है टिपि राखे है’ ले समूहको सबैभन्दा पुरानो सम्झनालाई भिडियोको नयाँ आवरणमा प्रस्तुत गर्ने जनाइएको छ।

नेपथ्यको सांगीतिक जीवनमा सो गीत सबैभन्दा पहिले रेकर्ड भएको थियो ।  
नब्बेको दसकको प्रारम्भमा पोखराका तीन जना तन्नेरीहरुको प्रयासबाट नेपथ्य ब्याण्डको जग हालिएको थियो। उनीहरु थिए– दिपकजङ राणा, भीमपुन र अमृत गुरुङ। त्यसपछि रविन श्रेष्ठ, सुरेश पुन र बुद्धि गुरुङले यो टोलीसँग सहकार्य अघि बढाए। त्यो प्रयासकै प्रतिफलमा नेपथ्यको पहिलो एल्बम जन्मिएको थियो।

‘नब्बेको दसक प्रारम्भमा यस गीतका शब्दहरु केलाउँदै मैले र दिपकले संगीत भर्ने कोशिस गर्दाका क्षण म अहिले पनि सम्झन्छु,’ नेपथ्यका अगुवा एव मुख्यगायक अमृत भन्छन्, ‘पछि रेकर्ड हुँदा यसमा स्वर चाहिँ रविनले दिएका थिए।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप