यी हुन् प्रतिनिधिसभातर्फ प्रत्यक्षमा जितेका एमालेका ४० उम्मेदवार
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५४ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।
प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५२, नेकपा एमाले ४०, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता समाजवादी पार्टी पाँच, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन तथा पाँच जना स्वतन्त्र उम्मेदवार विभिन्न क्षेत्रबाट निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, विष्णु पौडेल, योगेशकुमार भट्टराई, देवराज घिमिरे, राजेन्द्रकुमार राई, ऋषिकेश पोखरेल, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशङ्कर यादव, लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतो, हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, राजकुमार गुप्ता, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, पृथ्वीसुब्बा गुरुङ विजयी भएकाम छन् ।
त्यसैगरी मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल, पदम गिरी, गोकर्णराज विष्ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, टोपबहादुर रायमाझी, वासुदेव घिमिरे, भीमप्रसाद आचार्य, सूर्यबहादुर थापा, सूर्यप्रसाद ढकाल र दामोदर भण्डारी पनि प्रत्यक्षतर्फ निर्वाचित भएका छन् ।
साथै, एलपी लिम्बु, वसन्त नेम्वाङ, राजकुमार गुप्ता, अच्युनप्रसाद मैनाली, ज्वालाकुमारी साह, रामशंकर यादव, लिलानाथ श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, मंगलप्रसाद गुप्ता र बासुदेव घिमिरे निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण