बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘ए सोल्टिनी’को ट्रेलरमा कमेडी र प्रेम

आइतबार, १६ पुस २०७४, १३ : १९
आइतबार, १६ पुस २०७४

काठमाडौं – नीमा लामा तामाङ निर्देशित ‘ए सोल्टिनी’ फिल्मको पोस्टर, गीत र ट्रेलर शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । कलाकार दीलकुमार घलान तामाङले निर्माण गरेको फिल्म जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा तयार भएको हो । 
सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय चलचित्रमा छ , 
कार्यक्रममा फिल्मका निर्देशक नीमा, निर्माता दिलकुमार, अभिनेता सबिन, अर्जुन, द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ, ज्ञानबहादुर लगायतले चलचित्र राम्रो भएको दाबी गरे ।
निर्माता दिलकुमारले ए सोल्टिनी पहिला बिभिन्न देशमा बिशेष शो गरिने र त्यसपछि मात्रै नेपालमा प्रदर्शन गरिने जानकारी दिए । उनले आफूहरुले निकै मिहीनेतका साथ फिल्म निर्माण गरेकाले सफलता प्राप्त गर्ने आशा ब्यक्त गरे । 
तामाङ भाषाका भण्डै एक दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक निमाको ए सोल्टिनी पहिलो नेपाली फिल्म हो । उनले ए सोल्टिनीपछि दोषी को र परदेशले लुटेको सपना नामक नेपाली फिल्म निर्देशन गरेका छन् । कार्यक्रममा निर्देशक निमाले ए सोल्टिनी निकै रमाइलो फिल्म भएकाले दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे ।
अभिनेता सबिनले ए सोल्टिनी मिठो फिल्म बनेकाले दर्शकले मन पराउनेमा आफू बिश्वस्त भएको बताए । 
फिल्मको प्रस्तुतकर्तामा पूर्णी तामाङ छिन् । बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत छ । राज गोलेले द्धन्द्ध निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका हुन् । सार्वजनिक टे«लरमा कमेडी र प्रेम प्रस्तुत गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप