बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दीपाश्री निरौलाकी कान्छी बहिनीकाे सांगीतिक यात्रा

आइतबार, १६ पुस २०७४, १६ : ०३
आइतबार, १६ पुस २०७४

काठमाडौं–रानु निरौला सांगीतिक बजारमा उदाउँदो नाम हो । विराटनगरमा जन्मिएकी रानुको चर्चा छोटो समयमै चुलिँदो छ ।
 करिब दश वर्ष ब्यूटिपार्लर व्यवसायमा आवद्ध उनको औपचारिक सांगीतिक यात्रा भने दुई वर्ष अगाडिदेखि मात्रै आरम्भ भएको हो । 
‘ब्रेक फेल’ बोलको गीत गाएर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी रानुको अहिलेसम्म ७ वटा म्यूजिक भिडियोसहितको गीत सार्वजनिक भइसकेको छ । अब्बल गायकीका कारण छोटो समयमै चर्चा कमाउन सफल उनी गायिकामात्रै नभएर शब्द÷संगीत रचना पनि गर्छिन् । 
निकट भविष्यमै उनले आफ्नै शब्द र संगीत रहेको ‘आगो आगो’ बोलको ‘क्लब सङ्’ बजारमा ल्याउँदै छिन् । अहिले सो गीतको म्यूजिक भिडियो बनाउने काम भइरहेको छ । त्यस्तै पिरतीको फुल बोलको आधुनिक गीत पनि रेकर्डिङ भइसकेको र त्यसको म्यूजिक भिडियो बनिरहेको रानुले जानकारी दिइन् । 
सुरिलो स्वरकी धनी रानु आफ्नै कला र गलाका कारण चर्चित छिन् नै त्यससँगै उनीसँग अर्को रहस्यमय परिचय पनि छ । अर्थात् उनी चर्चित हास्य कलाकार तथा चलचित्र निर्माता÷नायिका दीपाश्री निरौलाकी कान्छी बहिनी पनि हुन् ।  
ब्यूटिसियन क्षेत्रमा एक दशकसम्म जमेर बसेकी रानु पैसाका लागि नभएर रहरले सांगीतिक क्षेत्रमा होमिएकी हुन् । 

सानै उमेरदेखि गीत संगीतमा रमाउने उनी भजनकीर्तन गाउँनेदेखि गाउँमा हुने कार्यक्रमहरुमा नाँच्ने पनि गर्थिन् । औपचारिक शिक्षा संगीत क्षेत्र नभएपनि आफ्नो २÷३ वटा गीत सार्वजनिक भइसकेपछि संगीतकार÷कम्पोजर नरहरी प्रेमीको श्रुति संगीतालयमा भोकल क्लास लिन सुरु गरेकी उनी अहिले पनि त्यही सिकिरहेकी छिन् । 
उनीले आफ्नो गीत सँगसँगै स्टेज कार्यक्रमहरुमा पनि पर्फमेन्स दिने गरेकी छिन् । अहिलेसम्म देशभित्र हुने विभिन्न कार्यक्रमहरुबाट दर्शकको मन जितेकी उनले विदेशको कार्यक्रममा समेत जाने तयारी गरिरहेको योजना सुनाइन् । गायिका रानु वग्गी एण्ड हर्ष राइडिङको ब्राण्ड एम्बेस्डरसमेत हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप