अंग्रेजी नयाँ वर्षमा विशाल र मेलिनाको ‘जुनीजुनी’
सोमबार, १७ पुस २०७४, १३ : ३९
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर गायक विशाल निरौलाले आफ्नो नयाँ पप गीत ‘जुनीजुनी’ सार्वजनिक गरेका छन् । स्वरमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छिन् ।
गीतमा विशालकै शब्द र संगीत छ । ज्ञानेन्द्र शर्माको छायांकन र निर्देशन रहेको गीतको भिडियोमा मोडलद्धय कृष्टिना थापा र अस्मिक लम्साल फिचरिङ छन् । भिडियामा उनीहरुको प्रेम कथालाई रोचक ढंगले प्रस्तुत गर्न खोजिएको छ । भिडियो सम्पादन प्रविण भट्टले गरेका छन् ।
‘अंग्रेजी नयाँ वर्षको अवसर पारेर गीत रिलिज गरेको हुँ,’ गीतबारे गायक निरौलाले भने, ‘गीत प्रेमजोडीहरुमा समर्पित गर्न खोजेको छु । आशा छ, रुचाइदिनु हुनेछ । ’ विशालले यसअघि ‘मेरी माया’ र ‘पार्टी सङ’ बोलको गीत बजारमा ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण